प्रधानन्यायधीसलाई अर्को झट्का, आजै आयो यस्तो निर्णय

सोमबार, १२ पौस २०७८

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ।

‘प्रधानन्यायाधीश, उहाँको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी परेको छ ।

उजुरीमाथि छानबिन सुरू भएको छ, विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले भने, अनुसन्धान अधिकृत तोकेर छानबिन गर्ने तयारी हाम्रो छ।

पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उनका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले उजुरी परेपछि अनुसन्धान गरिने भट्टराईले बताए।

‘हामी उहाँको परिवारको सम्पत्ति, बैंक ब्यालेन्स, जग्गा सबै विवरण हेर्छौं, अनुसन्धानले जे देखाउँछ सोहीअनुसार काम अघि बढ्छ भट्टराईले भने।

बैंकहरूको कारोबार तथा मौज्दात हेर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गर्ने गरेको छ। राष्ट्र बैंकले सम्बन्धित बैंकबाट विवरण मगाएर विभागलाई पठाउने गरेको छ।