बैंक अफ काठमाण्डले सुरु गर्यो आक्रषक व्याज भएको बचत खाता

आइतबार, १८ पौस २०७८

काठमाडौँ – बैंक अफ काठमाण्डूले आक्रषण व्याजदरसहित बचत खाता संचालनमा ल्याएको छ । आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले बैंकले BOK Smart Savings Account संचालनमा लाएको हो ।

“कारोबार अब अझ फटाफट” भन्ने मुलनाराका साथ ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको हो ।

उक्त बचत खातामा ग्राहकले प्रबिधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्ने बैंकले जनाएको छ । यस बचत खाता खोल्दा ग्राहकल्े ६.५५% वार्षिक ब्याजदर सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, BOK e-com Dollar Card जारी शुल्कमा ५०% को छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नेछन् ।

थुप्रै छुट अनि धेरै सुबिधाहरु सहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहक महानुभावहरुको बैंकिङ्ग कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।