एमालेले उदुमै गर्यो, पाँच दलिय गठबन्धनको लज्जास्पद हार

मंगलबार, २० पौस २०७८

काठमाडौँ – सत्तारूढ पाँच दलिय गठबन्धनलाई हराउँदै एमालेले सानदार जित निकालेको छ । सबै दलहरु एकातिर र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकातिर हुँदा पनि एमाले उम्मेदवार दुई तिहाइ मतसहित विजयी भएका हुन् ।

नवलपुरमा स्थानीय तहको झल्को दिनेगरी भएको खानेपानी संस्थाको चुनावमा सत्तारुढ गठबन्धन पराजीत भएको हो ।

जिल्लाको देवचुली नगरपालिकामा रहेको प्रगतीनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा सत्तारूढ गठबन्धनले शर्मनाक हार व्यहोरेको हो ।

संस्थाको अध्यक्षमा सत्तारूढ गठबन्धन अर्थात नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा चुनाव लडेका उम्मेदवार पराजित भएका छन् ।

निर्वाचन समितिका अनुसार नेकपा एमालेको तर्फबाट प्रतिस्पर्धा गरेका खिमानन्द भुसाल अध्यक्षमा अत्याधिक मतसहित विजयी भएका छ ।

भुसालले २ हजार ४ मत प्राप्त गरी बिजयी प्रतिद्धन्द्धी कांग्रेसका नारायणप्रसाद पौडेलले १४४५ मत प्राप्त गरी पराजीत भएका हुन् ।

६ वडाको नौ वटा ब्लकमा भएको चुनावमा अधिकांश पदमा एमालेकै उम्मेदवार भारी मतसहित विजयी भएका छन । फायल तस्वीर