प्रचण्डलाई तनाव हुनेगरी ओलीले खोली दिए आफूसँग भएको गोप्य सहमति

शनिबार, २४ पौस २०७८

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग ५ बुँदे सहमति भएको खुलासा गरेका छन् ।

तत्कालीन नेकपामा हुँदा प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको ओलीले खुलासा गरेका हुन् । उनले त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको पनि बताएका छन् ।

तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन् ।

अध्यक्ष प्रचण्ड कोरोना संक्रमण भइ आईसोलेशनमा बसेका बेलामा ओलीले यस्तो कुराको खुलासा गरेका हुन् । कोरानाका विरामीले मनोवल उच्च राख्ने बेलामा ओलीले दिएको अभिव्यक्तिले अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रचण्डको निजी सचिवालयले स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएको छ।

‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ,’ उनकी स्वकीय सचिव गंगा दाहालले भनेकी छिन् ।

‘यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं।’ सामाजिक संजालमा उनले भनेकी छन्, ‘डाक्टरको सल्लाहअनुसार आइशोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।’