कोरोनामुक्त भए ‘प्रचण्ड’

आइतबार, २ माघ २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोनामुक्त भएका छन् ।

प्रचण्डको नीजि सचिवालयका अनुसार पछिल्लो पटक आइतबार बिहान गरेको स्वाव परीक्षणको रिर्पोट नेगेटिभ आएको हो ।

यसअघि गत पुस २४ गते गरेको परीक्षणमा प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ ।

उनले सामाजिक सञ्जालबाट आफूलाई कोरोना पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा रहेकालाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले अस्पतालमा स्वास्थ्य परिक्षण गरेपछि घरमा सुरक्षित रुपमा बसेको जनाएका छन् ।