अमेरिकी राष्ट्रपति ‘जो बाइडेन’ले अपशब्द बौल्दै गाली गरेको भिडियो भाइरल (भिडियोसहित)
काठमाडौँ – अमेरिकी राष्ट्रपति ‘जो बाइडेन’ले अपशब्द बौल्दै गाली गरेको भिडियो भाइरल भएको छ । अमेरिकामा बढ्दो महँगीबारे प्रश्न गर्ने पत्रकारलाई वाइडेनले गाली गरेका हुन् ।
बाइडेनले मुख छाडेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई देशमा बढ्दो महँगीका कारण मध्यावधि चुनावमा पार्टीलाई कति घाटा हुन्छ भनेर प्रश्न गरेका थिए ।
यसबारे जवाफ दिँदै बाइडेनले आफ्नो पार्टीलाई घटा नभएर फाइदा हुने बताएका थिए । त्यसपछि भने उनले पत्रकारलाई ‘सन अफ अ…’ भन्दै गाली गरेका थिए ।
बाइडेनले पहिले पनि कयौँ पत्रकारलाई गाली गरिसकेका छन् ।
गत हप्ता फक्स न्युजकी एक महिला पत्रकारले युक्रेन मामिलामा उनलाई, ‘तपाईं किन रुसका राष्ट्रपतिले पहिलो कदम उठाओस् भनेर पर्खिराख्नु भएको छ ?’ भनेर सोधेकी थिइन् ।
यसमा क्रुद्ध बनेका बाइडेनले उनलाई यो प्रश्न बेवकुफीले भरिएको बताएका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएको एक वर्ष पुरा भएको छ । यसबीचमा उनले लिएका कयौँ निर्णयमा प्रश्न उठेका छन् ।
गत महिना बेलायतको मार्केट रिसर्च कम्पनी यूगभले सन् २०२१ को सबैभन्दा मनपराइएका पुरुषको सूची सार्वजनिक गरिएको थियो ।
यस सूचीमा बाइडेन डोनाल्ड ट्रम्पभन्दा पनि तल रहेका थिए । सूचीमा ट्रम्प १३ औँ नम्बरमा रहँदा, बाइडेन २० औँ स्थानमा रहेका थिए ।