चर्चित पत्रकार केसी ‘रिस्की पत्रकारिता’ बाट सम्मानित
काठमाडौँ – चर्चित पत्रकार कुशलभ केसी ‘रिस्की पत्रकारिता’बाट सम्मानित भएका छन् । दुबईमा भएको एक कार्यक्रममा पत्रकार केसीलाई सम्मान गरिएको हो ।
समाजमा घटेका विकृति, विसंगतीलाई नियाल्दै सधै सत्य र न्यायको पक्षमा बोल्ने केसीलाई त्रिसा नेपालले सम्मान गरेको हो ।
केही महिना अघि भक्तपुरको बाल्कोट नजिकै पत्रकार केसीको टिममाथि खुकुरी प्रहार भएको थियो । उनीहरु एक ठगी गरेको केशमा रिपोर्टिङको क्रममा थिए ।
एक ब्यक्तीको करोडौं ठगी गरि भागेकी एक महिलासगँ सम्पर्क गर्न उनको घरमा जादाँ उनी घरबाट भागे पछि उनलाई खोज्दै जादा केही पर रहेकी मासु पसलमा पुगेर उनी लुकेकी थिइन । तर त्याहा पुगेपछी उनका श्रीमान लगायतलाई बोलाए पछि उनका श्रीमानले खु’कुरी प्र’हार गरेका थिए
उक्त घटना भएको भोलिपल्ट पत्रकार केशीले प्रहरीमा उजुरी गरेता पनि प्रहरीले ती गिरोहलाई फरारको सूचीमा राखेको छ । अहिले खुकुरी प्रहार गर्नेको फोटो पत्रकार कुशलभले सोही दिन सार्वजनिक गरेका थिए ।
सधै समाजमा घटेको घटनालाई आफ्नो मन दिएर रिपोर्टिङ गर्ने र न्याय दिलाउने भएकोले उनलाई दुबईमा “रिस्की पत्रकारिता” अवार्ड बाट सम्मानित गरिएको हो ।
उनले आफूलाई कामको कदर गर्दै सम्मानित गर्नुहुने सबैलाई फेशबुक मार्फत धन्यवाद दिएका छन् ।