गौतमबुद्ध विमानस्थलमै पुगेर मन्त्री आलेले लिए एक्सन, विश्वभर तरङ्ग

शनिबार, १५ माघ २०७८

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर एक्सन लिएका छन् । उनले आउँदो बुद्ध जयन्ती अगावै विमानस्थल संचालनमा ल्याउन सम्बन्धीत पक्षले निर्देशन दिए ।

उनको यो निर्देशनले विश्वभर रहेको बैद्य धर्मालम्बीलाई खुशी बनाएको छ । अब लुम्बिनी आउनका लागि सिदै नजिकैको विमानस्थलमा ओर्लीन पाइने भएका उनीहरु खुशी भएका हुन् । यसअघि धार्मीक पर्याटकहरु काठमाडौँ ओलीएर फेरी भैरहवा पुग्न पर्ने बाध्यता थियो ।

शनिबार विमानस्थल आयोजनाको निरीक्षणपछि बोल्दै मन्त्री आलेले विमानस्थल सञ्चालनमा अब कुनै पनि बिलम्ब नहुने गरी योजना बनाइएको बताए ।

मौसम अनुकूल भए आउँदो फेब्रअरी २१ अर्थात फागुन ९ गतेसम्म परीक्षण उडानका लागि विमान अवतरण हुने गरी कार्यतालिका तयार पारिएको उनको भनाइ छ

परीक्षण उडानका लागि अहिले विमानसहित मौसम, सञ्चार र जडान गरिएका उपकरण एवं ग्राउन्ड चेकको काम भइरहेको छ । परीक्षण उडान सफल भएपछि आउँदो बुद्धजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान गर्न मन्त्री आलेले निर्देशन दिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको आईसीबी–२ का व्यवस्थापक प्रविन न्यौपानेले बताए ।

‘बुद्ध जयन्ती अगावै अन्तर्राष्ट्रिय उडान शुरु गर्नेगरी काम गर्न मन्त्रीज्यूले निर्देशन दिनुभयो’ न्यौपानेले भने ।विमानस्थल अनुगमनमा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली आएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) को पूर्व तयारीका लागि थाइल्यान्डको प्राविधिक टोलीले बिहीबारदेखि नेपाली प्राविधिकलाई तालिम दिन शुरु गरेको छ ।

विमानस्थलको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र निर्माण कार्य (आईसीबी–२) को ठेक्का एरो थाईले लिएको थियो । सोही कम्पनीका ४ जनाको प्राविधिक टोलीले टोलीले विमानस्थलमा जडित विभिन्न उपकरण, विमानस्थलको ग्राउण्ड, रन–वे लगायतका भौतिक पूर्वाधारको जाँचसंगै विमानस्थल सञ्चालन गर्न नेपाली टोलीलाई तालिम पनि दिन शुरु गरेको हो ।

आईसीबी–२ का व्यवस्थापक न्यौपानेका अनुसार परीक्षण उडानका लागि एरो थाईसंगै अमेरिकी र अस्ट्रियन प्राविधिक टोली पनि आउनेछन् । ‘फागुन १० सम्ममा क्यालिब्रेसन उडान गर्ने गृहकार्य भइरहेको छ’, न्यौपानेले भने ।

परीक्षण उडान अन्तर्गत विमानस्थलमा जडान गरिएका सञ्चार उपकरणको जाँच, क्यालिब्रेसन उडान शुरु गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङलगायत परीक्षण हुने छ ।

यसैगरी विदेशी प्राविधिक टोलीले विमान कम्पनी, भन्सार, प्रहरी, अध्यागमनलगायतलाई विमानस्थलमा अपरेसनको टार्गेट मितिबारे जानकारी गराउने, ग्राउन्ड ह्यान्डलिङ, कार्गो एजेन्सीलगायतलाई आवश्यक तयारीका लागि निर्देशन दिने र मानव संंशाधनको परिचालन लगायतका कामबारे जानकारी गराइने छ ।

सन् २०१५ जनवरी १५ ९२०७१ साल माघ १ गते० विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । पटक पटक म्याद थप्दै यसअघि सन् २०२० को शुरुमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा कोरोना महामारीका कारण उपकरण जडानमा ढिलाइ भएकाले परीक्षण उडानमा ढिला भएको हो ।

परीक्षण उडानका लागि कम्तीमा ६ देखि ८ घण्टा मौसम सफा हुनुपर्छ । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विमानस्थल निर्माण शुरु भएको हो । चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा विमानस्थल निर्माणको ठेक्का पाएको थियो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्ने र काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालिएको थियो । लक्ष्यअनुसार काम भएको भए सन् २०१८ को जनवरीबाट अन्तराष्ट्रिय उडान नै शुरु गर्ने योजना थियो ।