देउवाको मुखबाट खुस्कियो प्रचण्डले सुन्दै एलर्जी हुने शब्द, चेपुवामा परे माधव नेपाल
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सम्बनध चिसिएका छ । सत्तागठबन्धनको शनिवारको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमती गरेको केही घण्टामै देउवा–प्रचण्डको सम्बन्ध चिसिएको हो ।
प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सघाए मात्रै गठबन्धन कायम राख्ने बताएपछि सम्बन्ध चिसिएको हो । प्रचण्ड कुनै पनि हालतमा एमसीसी पास नगर्ने पक्षमा छन् भने देउवा जसरी पनि एमसीसी पास गर्ने बताउने गरेका छन् ।
देउवाको यस्तो चेतावनीले राष्ट्रिय राजनितीमा नाटकिय परिवर्तन देखिएको छ । देउवाले फेब्रुअरी भित्र एमसीसी पास गर्न खोजे पछि प्रचण्ड र माधव नेपालले पनि नयाँ खेल खेलेका छन् ।
यथाअवस्थामा एमसीसी पास गर्न नहुने अडान लिइरहेका नेकपा माओवादी केन्द्र र नेकपा एसका नेताहरु प्रधानमन्त्री देउवाको यस्तो चेतावनीयुक्त प्रस्तावपछि अप्ठेरोमा परेका छन् । देउवाले दुई दिन भित्रै एमसीसी पास नभए फिर्ता जाने भन्दै दबाव दिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सभामुख अग्नी सापकोटालाई प्रयोग गरेर संसद बैठकनै स्थागित गराइदिएका छन् ।
देउवाले मितीनै तोकेर फेब्रुअरी १ सम्म एमसीसी पास गर्न पर्ने दबाव दिए पछि प्रचण्डले चलाखी गरेर सो मितिमा संसद बैठकनै स्थगित गराइदिएका छन् । कोभिडका कारण भन्दै सुचना जारी गरेर सभामुख अग्नी सापकोटाले संसद वैठक स्थगित गराएका छन् ।
देउवाले दिएको मितीमा संसद बैठक स्थगित गरिए पछि देउवा र प्रचण्ड माधव सम्बन्ध नमज्जा सँग चिसिएको छ । यसको प्रभाव आगामी दिनमा राष्ट्रिय राजनितीमा देखिने जानकारहरुले बताएका छन् । एमसीसीकै कारण सत्तागठबन्धन टुट्ने सम्भावना ह्वात्तै बढेको विश्लेषण हुन थालेको छ ।
गठबन्धन नै संकटमा पर्ने देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिन संसद बैठक स्थगित गराएका छन् । माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले शनिबार साँझ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो ।
‘अब संसद बैठक १० दिन स्थगित गरौं, यहीबीचमा फेब्रुअरी १ पनि जान्छ । के के हुँदो रैछ हेरौँ भनेर हामीले संसद बैठक १० दिन पछि सार्यौं’ एकीकृत समाजवादीका नेता खनालले भने ।
उनले यही अवस्थामा एमसीसी अनुमोदन नहुने पनि बताए । ‘एमसीसीमा यत्राविधि आपत्तिजनक कुरा छन्, नसच्चिएसम्म अनुमोदन हुँदैन,’ खनालले भनेका छन् ।
बालुुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धन टुट्दा आउँदै गरेको चुनावमा आफैंलाई घाटा पर्ने सम्भावना देखेका छन्, त्यसले एमसीसी पनि अनुमोदन गराउने र स्थानीय निर्वाचनसम्म गठबन्धन पनि जोगाएर जाने पक्षमा छन् ।
‘यो पार्टी पार्टीको कुरै होइन, नेताहरुले गर्दा नमिलेको मात्रै हो,’ बालुवाटार स्रोतले भन्यो, ‘एकीकृत समाजवादीका झलनाथ खनाल र माओवादीका नारायणकाजी श्रेष्ठमात्रै अलिकति लचक भए धेरै कुरा मिल्छ ।’
श्रेष्ठ र खनाल दुबै, सत्ता गठबन्धनले बनाएको एमसीसी परियोजनाबारे अध्ययन गर्न बनेको कार्यदलमा छन् । दुई नेता गठबन्धन जोगाउने शर्तमा एमसीसी अनुमोदन गर्न तयार भए भने संसदबाट संकल्प प्रस्ताव पारित गर्न प्रधानमन्त्री देउवा सहमत छन् ।
देउवाले आइतबार विहान पनि श्रेष्ठ र खनालसँग एमसीसी अनुमोदन गर्ने विषयमा नै संवाद गरेका थिए । तर दुबै नेताबाट सकारात्मक जवाफ नपाएकाले प्राधनमन्त्री देउवाले एमालेको साथ लिएर भएपनि एमसीसी अनुमोदन गराउन छलफल थालेको निकट नेताहरुको भनाइ छ ।
२९ असारमा प्रधानमन्त्री भएपछि एमसीसी अनुमोदन गराउन देउवाले यो तेस्रो जमर्को गरेका हुन् । यसअघिका दुबै प्रयास गठबन्धनका नेताहरुकै असहमतिका कारण सम्भव हुन सकेको थिएन ।
त्यसपछि देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेका थिए । त्यतिखेर ओलीले सत्ता गठबन्धन तोड्ने शर्तमा एमसीसी अनुमोदन गराउन तयार भएको बताएका थिए । यो पटक भने देउवाले त्यस्तो वचन पाइनसकेको जानकारहरु बताउँछन् ।