एमालेका युवा व्यवसायी रमेश गौतम नेकपा माओवादी केन्द्रमा प्रवेश प्रचण्डले गरे फेसबुक पेजमार्फत स्वागत
पछिल्लो समय नेकपा माओबादि केन्द्रबाट अन्य दलमा लाग्ने लर्काे नै लागेको थियो । आज भने माओबादि कार्यकर्ताले राहतको महसुु गरेका हुन ।
नेकपा एमाले चौरिदेउराली गाउँपालिका ३ का नेता तथा युवा व्यवसायी रमेश गौतमले पार्टी परित्याग गरेका छन् । उनले एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीमा प्रवेश गरेका उनलाई स्वागत तथा बधाई दिएका छन् ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनलाई स्वागत तथा बधाई दिएका छन्।
फेसबुकमा लेखिएको –छ हार्दिक स्वागत
नेकपा एमाले चितवन-काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी वाग्मती सम्पर्क मञ्चका प्रतिनिधि तथा क्यान महासङ्घका केन्द्रीय सचीव क।
चिरञ्जीवी अधिकारी र नेकपा एमाले चौरिदेउराली काभ्रेका नेता तथा युवा व्यावसायी क।रमेश गौतम एमाले परित्याग गरि नेकपा माओवादी केन्द्र मा प्रवेश गर्नु भएको छ। उहाँहरुलाई हार्दिक बधाई एवं शुभकामना