लगानीकर्ता मालामाल हुने गजवको आईपीओ आउँदै

मंगलबार, १८ माघ २०७८

काठमाडौं – लगानीकर्ता मालामाल हुने गजवको आईपीओ आउने भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रबारदेखि निष्काशन हुने भएको छ ।

संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा २५ माघसम्म आवेदन दिन पाइनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

बोर्ड नेतृत्व विहिन बन्दा ६ अर्ब ८० करोड ७६ लाख ४ सय रुपैयाँ बराबरका ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासनका लागि २ दर्जन बढी कम्पनीहरु अनुमतिको पर्खाइमा रहेका थिए ।

यी दर्जन कम्पनीहरुले अब क्रमशः आईपीओ निष्काशनका लागि अनुमति पाउने बोर्डले बताएको छ ।

यो कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको थियो । बोर्डको सञ्चालक समितिले निर्णय गरेर सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिन हो ।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएर पछि सरकारले तत्कालिन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट हटाएको थियो । अध्यक्ष पद रिक्त भएसँगै बोर्डले आईपीओ निष्काशनका लागि कम्पनीहरुलाई स्वीकृत दिएको थिएन ।