समस्या सामाधानका लागि एमालेले देउवालाई दियो ४ विकल्प
काठमाडौँ – अहिले जारी समस्या समाधानका लागि नेकपा एमालेले चार विकल्प दिएको छ ।
सत्तागठबन्धनमा खटपट आएपछि सरकारले डेलिभरी दिन नसकेको, संसदको गतिरोत कायमै रहेको, अदालतमा समस्यै समस्या भएको, एमसीसी पास गर्न आनाकानी भइरहेको भन्दै यस्तो समस्या समाधानका लागि एमालेले चार विकल्प दिएको हो ।
संसदमा जारी अवरोध हटाउँनका लागी सत्तागठबन्धनलाई एमाले उपमहासचिव प्रदिप ज्ञवालीले ४ वटा विकल्प दिएका छन् ।
पहिलो विकल्प, एकीकृत समाजवादीका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले जारी गर्नॅपर्ने, दोस्रो सभामुखले एमाले फुटाउन आफ्नो क्रियाकलापले भूमिका खेलेको भन्दै क्षमायाचना गर्नपर्ने, तेस्रो सभामुखले राजीनामा गर्ने र चौथो पार्टी विभाजनका विषयमा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको फैसला कुर्ने,’ उनले भनेका छन् ।
ज्ञवाली भने एमसीसी सम्झौतालाई राजनीतिक द्वन्द्वको विषय बनाइएको बताउँछन् । उनले एमसीसी औपचारिक रूपमा संसद्मा आएपछि एमालेले धारणा सार्वजनिक गर्ने पनि प्रष्ट पारेका छन् ।
संसदमा आए पछि मात्रै एमसीसी के गर्ने भनेर एमालेले निर्णय गर्ने भन्दै उपमहासचिव ज्ञवालीले अहिले अनुमानका भरका गरिएको प्रचारको कुनै अर्थ नहुने बताएका छन् ।
विगतमा सभामुखले गरेको असहयोग अहिलेको सरकारका पालामा पनि दोहोरिइरहेको एमालेका नेताहरूको भनाइ छ ।
‘एमसीसीको बोर्ड बैठक बस्ने दिनलाई पन्छाउन प्रधानमन्त्रीसँग परामर्श नगरी प्रचण्ड र माधव नेपालको निर्देशनमा उहाँले प्रतिनिधिसभा बैठक आफूखुसी सार्नॅभएको बाहिर आएको छ । त्यो गम्भीर कुरा हो ।
विगतमा पनि उहाँले त्यस्तै गर्नॅभएको हो,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘सभामुख सरकारलाई अप्ठ्यारो पार्ने पद होइन । सदनले फैसला गर्ने हो । सभामुख सदन र सरकारको बीचमा सहजकर्ता बन्ने हो ।’