एमसीसीबारे ओलीको रणनीति फेरियो, तनावमा देउवा–प्रचण्ड
काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पान गर्नका लागि थप समय माग्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले एमसीसी बोर्डलाई पत्र लेखेपछि नेपालको राजनीतिक माहोल तातिएको छ ।
यस्तै धुमिल राजनीतिक माहोलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो रणनीति परिवर्तन गरेका छन् । एमसीसी पास गनपर्छ भनेर हात धोएर लागेका ओली अन्तत गठबन्धनमा भाँडभैलो ल्याउन मात्र बोलेको खुलासा भएको छ ।
एमसीसी पास गर्नका लागि देउवालाई सहयोग गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका ओली गठबन्धन भत्काउन यस्तो बोलेको खुलासा भएको छ । चर्चित राजनितीक विश्लेषक डा. प्रेम शर्माले ओली एमसीसी पास गर्न नभई गठबन्धन भत्काउन बोलेको बताए ।
एमसीसीको पक्षमा नेपाली काग्रेसमा मात्रै एक मत रहेको देखिएको भन्दै डा शर्माले बाहिर बाट हेर्दा केपी ओली एमसीसीको पक्ष जस्तो देखिए पनि भित्री कुरा अर्कै रहेको बताएका छन् ।
‘नेपाली काग्रेस र माओवादी केन्द्र लगायतका दलहरु विच गठबन्धन भंग भए पनि एमसीसी पास नहुने जिकिर उनले गरेका छन् । गठबन्धन टुट्न सक्छ तर एमसीसी पास हुन सक्दैन ।’ डा शर्माले भनेका छन् । अहिलेको गठबन्धन टुटेको अवस्थामा एमसीसी पास गर्न एमालेले सहयोग गर्छ भन्ने तर्क कुरा नबुझ्नेहरुले गर्ने तर्क भएको शर्माले भनेका छन् ।
‘एमाले अध्यक्ष केपी ओलीले एमसीसी निर्णायार्थ पेस भएको अवस्थामा आफ्ना सांसदलाई ह्वीप लगाएर एमसीसीको पक्षमा मतदान गर्न लगाउँछन् भन्ने कसैले नसोचे हुन्छ ओलीको दाउ अर्कैछ ।’,यहाँ भन्दा बढि आफुलाई बोल्न नलगाउँन पनि शर्माले भनेका छन् ।
विश्लेषक डा शर्माले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिर चरित्र यो पटक पनि नमज्जासँग नागिंएको बताएका छन् । प्रचण्डले अरुलाई त झुक्काएकै थिए यो पटक अमेरिकालाई पनि नमज्जा सँग झुक्काए ,अमेरिका फस्यो । उनले भनेका छन् ।
‘प्रचण्डको एउटै कुरा र स्वभाव अहिलेसम्म कहिल्यै देख्नुभएको छ र ? प्रचण्डलाई चिन्न नसक्दा अमेरिका पनि फस्यो सायद यसले उसलाई नराम्रो असर गर्छ । प्रचण्डले जनयुद्ध गर्दा के भनेर गरेका थिए र अहिले कहाँ पुगे भन्ने त सबैले देखेकै छन् । ढाँट्नु ,छल्नु त प्रचण्डको विशेषतानै हो’, डा शर्माले भनेका छन् ।
डा शर्माले नेपालको राजनितीमा नयाँ केहि चिज तत्काल हुन लागेको संकेत गरेका छन् । केहि दिनमै सिन क्लियर हुने भन्दै उनले केहि दिन अघि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा , एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विच भएको भेट अर्थपुर्ण रहेको बताए । डा शर्माले सभामुख अग्नी सापकोटाको पद भने धरापमा परेको बताएता छन् ।