जाल्पा लघुवित्तपछि अर्को कम्पनीको आईपीओ खुल्यो, कति भर्ने आवेदन ?
काठमाडौं – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओको म्याद सकिने वित्तिकै अर्को कम्पनीको पनि आईपीओ खुलेको छ ।
आजदेखि इमर्जिङ नेपाल लिमिटेडले आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको जनाएको छ ।
५ लाख ५५ हजार कित्ता सेयरमध्ये सर्वसाधारणले ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
११ हजार ११२ कित्ता कर्मचारीलाई र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरोसेयर वेबसाइट तथा एपमार्फत दिन सकिनेछ ।
क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।
यो समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत हो ।