एमालेका सांसद पुगे नयाँ दल दर्ताका लागि निर्वाचन आयोग
काठमाडौँ – नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचन जितेका नेताहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
सूर्य चुनाव चिह्नबाट गत संघीय संसदको चुनावमा जित हातपारेका हृदयश त्रिपाठीले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
उनले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल नेपाल नामको पार्टी दर्ताका लागि निर्वाच आयोगमा निवेदन दिएका हुन् । दल दर्ताका लागि त्रिपाठीले शुक्रबार निर्वाचन आयोगमा निवदेन दिएका छन् ।
उक्त पार्टीका महासचिव ईश्वरदयाल मिश्रका अनुसार पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षर र अन्य कागजातसहित दल दर्ताको निवेदन दिएका छन् ।
३० सदस्यीय कार्यसमितिमा रहेका १५ जनाले सनाखतसमेत गरेका छन् भने अन्यले आइतबार गर्ने उनको भनाइ छ ।
जनता प्रगतिशील पार्टीको वरिष्ठ उपाध्यक्षमा डा. शिवजी यादव र तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ छन् ।
महासचिवमा मिश्रका साथै डा. भरतकुमार थापा रहेका छन् ।
त्रिपाठी यसअभि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको क्याविनेटमा मन्त्री थिए । विभिन्न मन्त्रालय सम्हालेका उनले स्वास्थ्य मन्त्री हुँदा कोभिड खोप खरिदबारे सरकारले गरेको सेटिङको पर्दाफाँस गरेका थिए ।
यो विषय सार्वजनिक गरेपछि उनको ओलीको सम्बन्ध चिसिएको थियो । मद्येशमा स्वतन्त्र समूह बनाएर सामान्य राजनीति गरिरहेका उनले २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेसँग तालमेल गरेका थिए ।