मदन भण्डारीको हत्या कसले गरेको थियो ? त्रिविका प्रध्यापकले खोलिदिए यस्तो रहस्य

शनिबार, २९ माघ २०७८

काठमाडौँ – बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पूर्वसदस्य प्रा. डा. विष्णु पाठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् ।

करिब ७ वर्षसम्म बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा बसेर तलब खाने बाहेक केही काम नगरेका पाठकले शनिबार बिहानै सामाजिक सञ्जाल मार्फत एमसीसीको सन्दर्भ उप्पकाउँदै जननेता मदन भण्डारीको हत्यासँग जोडेर पाठकले गम्भीर आरोप लगाएका छन ।

उनले जननेता मदन भण्डारीको हत्या ओलीले नै गरेको भनेर सार्वजनिक नै भैसकेको भन्दै आफ्नो टिप्पणीमा उल्लेख गरेका छन । अहिलेसम्म पनि भण्डारीको मृत्यु रहस्य भएको भन्दै विभिन्न समयमा छानविनको कुराहरू उठिरहेको हुन्छ ।

तर प्राध्यापक समेत रहेका डा. पाठकले ओलीको नाम जोडेर गम्भीर आरोप लगाएका छन । उनले ओली नेतृत्वको सरकारले एमसीसी संसदमा लैजाने निर्णय गरेको प्रसंग उल्लेख गर्दै एमसीसीको पक्षधर हुननसक्दा अमेरिकी कर्मचारीबाट गाली खाँदा कस्तो अनुभव गरेका होलान भनेर प्रश्न समेत गरेका छन ।

पाठकको टिप्पणी यस्तो छ, ‘नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले एमसिसी केन्द्रीय संसद बाट पारित गर्नु पर्छ भनेर निर्णय गर्यो ।

त्यहि निर्णयको पक्षधर हुन नसक्दा आफुले एक अमेरीकी कर्मचारीबाट गाली खाँदा कस्तो अनुभव गरेका होलान ? उनकै सुझावको आधारमा संसदबाट अनुमोदन गरीएको महाकाली सन्धिको हालत के छ ? जन नेता मदन भन्डारीको हत्या ओलिलेनै गरेका हुन भनेर सार्वजनिक भैसकेको छ ।

‘जनता ओलीसंग आक्रोशित बनीसकेको अबस्थामा उनका पार्टीका सदस्यहरुले के भनेर जनतासामु मत माग्छन होला ? ईतिहास लेखिरहेको छ भन्ने त पक्कै थाहा होलानी ।’ उनले भनेका छन् ।

प्रा. डा. पाठकले के लागि यस्तो लेखे यसको जवाफ उनैले दिनेनै छन । पछिल्लो समयमा पिएचडी गरेकाहरू माथि लाग्दै आएको आरोपमा थप बल पुर्याउन पाठकको यस टिप्पणी सहयोग पुग्ने निश्चित छ ।

प्रहरी अनुसन्धानबाट प्रमाणित हुन नसकेको विषयमा डा. पाठकले आफ्नो मनमा कुण्ठा चलेकै आधारमा यस्तो संवेदनशील विषय त्यसै आरोप लगाउन मिल्छ ? यो खोजीको विषय हो ।