प्रेम आलेले २० लाखको लोभ गर्दा पद धरापमा

मंगलबार, ३ फाल्गुन २०७८

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले २० लाखको लोभ गर्दा पद धरापमा परेको छ । आफ्नो बोलीबाट पटक–पटक विवाद र चर्चामा आइरहने आलेले पछिल्लो समय बोलेको बोलीबापत २० लाख नदिदा मन्त्री पद धरापमा परेको हो ।

गए रातिबाट मन्त्री प्रेम आलेको एक गालीगलौचको अडियो ‘भाइरल’ भएको छ । अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओली नामका व्यक्तिसँग मन्त्री आलेको दोहोरो भनाभन भएको अडियो भाइरल भएको हो ।

अश्लील शब्दको प्रयोग गरिएको उक्त अडियोमा सुनिन्छ । आलेले भने ओलीसँग त्यसरी कुराकानी नभएको आफुसँग ५० लाख माग गरेको र नदिएपछि थप केही कुरा जोडेर अडियो सार्वजनिक गरिदिएको बताएका छन् ।

आलेले पठाएको स्कृन सटमा पनि ५० लाख रूपैयाँ माग गरिएको पाइएको छ । सो अडियोमा आलेले ‘तलाईं बसेकै ठाउँबाट उठाइदिन्छु’ भनेका छन् । सुरुमा आलेले अडियोमा ‘तपाईंको कमेन्ट मैले हेरेँ, तपाईंले के लेखेको त्यस्तो यार !’ भनेका छन् ।

प्रेम आले : कहाँ हुनुहुन्छ तपाईं ?
जगत : म इन्डियातिर छु ।
प्रेम आले : तपाईंको त्यो कमेन्ट हेरेँ मैले । के लेख्या हो त्यस्तो यार !
जगत : हैन हजुर, हामीले पनि यस्तो आस गरेको थिएन के गर्नु ।
प्रेम आले : कस्तो आस ?
जगत : तपाईंबाट यस्तो हुन्छ भन्ने आस लाग्या थिएन ।
प्रेम आले : गाली गर्दै ‘तलाईं त्यहीँबाट उठाउँछु, कुन ठाउँमा छस् भन त ?

जगत : आऊ न त आऊ यता आऊ, मुम्बई छु म ।
प्रेम आले : (फेरि गाली गर्दै) ठाउँ भन त, मुम्बई काँ’हो ? (फेरि गाली) तलाई त्यही बाट उठाएर ल्याउछु ।
जगत : आइजा न आइजा तँ बेसरम ! तस्कर !
प्रेम आले : मुम्बई कुन ठाउँ हो भन त कुकुर !

जगत : लाज छैन । मन्त्रीको लागि बेचिखाने ।
प्रेम आले : तपाईं त्यहाँ आएर साला….तेरो खुट्टा काटेर प्याक गरेर हाल्दिन्छु ।
जगत : के गर्छस् त भन न ? तस्कर ! नौ महिना जेल बसेर आएको होइन । मलाई सिकाउँछस् !
प्रेम आले : (गाली गर्दै) त्याँ ट्वाइलेट सफा गर्छस्, मलाई सिकाउँछस् !

जगत : तँजस्तो होइन म चर्पी सफा गरेर खाने । आइजो न हेर्न म के काम गर्छु । (गाली गर्दै) तँ आइजो न एकै लात्ती हानेपछि गिर्नेजस्तो छस् ।

प्रेम आले : तेरो ठेगाना पठा’त ?

जगत : अंधेरी छु । तेरो को मान्छेलाई पठाउने हो पठा’के रु नम्बर म्यासेन्जरमा दिएको छु कल गर भन तेरो मान्छेलाई । त कति भाइरल हुन्छस् हेर्दै जा ।