सकियो माओवादी केन्द्रको बैठक, एमसीसीबारे गर्यो यस्तो निर्णय
काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सकिएको छ ।
बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ ।
आज अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभामा पेश हुँदैछ । माओवादी केन्द्रले यसको विपक्षामा मतदान गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको हो ।
बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ ।
बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको बताए ।
सत्तासीन नेपाली काँग्रेस अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्न अघि बढेको छ ।
काँग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकमार्फत एमसीसी कुनै हालतमा टेबल गर्ने निर्णय लिएको हो । काँग्रेसको यस्तो निर्णयसँगै अब नेकपा माओवादी केन्द्रलाई सरकारमा बसिराख्न अप्ठ्यारो परेको छ ।
एमालेले यसबारे केही पनि निर्णय गरेको छैन् ।