एमसीसी रोकिएपछि देउवाले बोलाए गठबन्धनको बैठक
काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसीसी टेबल हुनबाट रोकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका छन् ।
देउवाले एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजे बस्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो ।
प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा आज एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धन तोड्दै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए ।
उनको चेतावनी पछि देउवा एमसीसी टेबुल गर्नबाट पछि हटेका थिए ।