यी हुन् एमसीसीको पक्षमा हुने एमालेका ८ सांसद

बुधबार, ४ फाल्गुन २०७८

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका ८ सांसद एमसीसीको पक्षमा देखिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा मन्त्री भएका र अहिले एमालेको कहीँ न कहि लाभ लिएका सांसदहरु एमसीसीको पक्षमा छन् ।

अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सांसद महेश बस्ने, गोकुल बास्कोटा, एमाले प्रमुख सचेतक विशाल भट्टराई र पद्मा अर्याल एमसीसीको पक्षमा छन् ।

अधिकांश सांसदहरुले आफूहरु एमसीसी पास नगर्ने पक्षमा रहेको बताएपछि ओलीलाई तनाव भएको छ ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि पुगेका सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा पार्टीका ९० प्रतिशत भन्दा धेरै सांसद रहेको बताएका थिए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईलगायत केही सांसदहरूले आज ओलीलाई भेटेका थिए । भेटका क्रममा सांसदहरूले धेरैले एमसीसीको विपक्षमा जान जनदबाब आएको बताएका थिए।

तर त्यसबारे ओलीले केही जवाफ भने दिएनन्।

‘उहाँले टाउँको मात्र हल्लाउनु भयो केही प्रतिक्रिया दिनु भएन’ एमालेका एक सांसदले भने।

सरकारले आजको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको जनाइएको छ। तर एमालेले भने कार्यव्यवस्था समितिको बैठकमा नजाने र संसद अवरोधलाई निरन्तरता दिने जनाएको छ।