अन्तिम अस्त्र प्रयोग गर्दै देउवा, प्रचण्ड–नेपाललाई ठूलो धक्का
काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तिम अस्त्र प्रयोग गर्ने भएका छन् । त्यसका लागि उनले आफू निकटका वकिलहरुसँग छलफल चलाएका छन् ।
देउवाले अन्तिम अस्त्रका रुपमा प्रतिनिधिसभा विघटन गरेर अर्ली इलेक्सनमा जाने तयारी गरेका हुन् ।
आफूनिकट नेता तथा कानून व्यवसायीसँग बालुवाटारमा देउवाले प्रतिनिधि सभा विघटनबारे कानूनी परामर्श थालेका छन् ।
बुधबार एमसीसी संसदमा टेबल हुन नसकेपछि देउवाले आफूनिकट नेता तथा कानून व्यवसायीलाई बोलाएर विकल्पमा संसद विघटन गर्न सकिने या नसकिनेबारे छलफल थालेका छन् ।
एमसीसीमा सत्तारूढ दलकै नेताहरूले साथ नदिएकोमा देउवा रुष्ट छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटे टुटोस तर एमसीसी संसदमा टेबल गर्न सकिन्न भनेपछि देउवा अप्ठेरोमा परेका हुन् ।
देउवासमक्ष प्रतिनिधि सभाको विघटन मात्रै विकल्प रहेको कांग्रेसका एक नेताले बताए, ‘यसो गर्दा नि हुन्न, उसो गर्दा नि हुन्न,’ ती नेताले भने, ‘सत्तारूढ गठबन्धनबाट साथ नपाउने र प्रतिपक्षी ओलीले पनि एमसीसीलाई राजनीतिक हिसाबले उपयोग गर्ने रणनीति लिएपछि विघटनको विकल्पमा छलफल गर्न बाध्य हुनुपरेको हो ।’
सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउन देउवा तयार भए एमसीसी टेबल गर्न आफूले सहज गरिदिने प्रतिबद्धता प्रचण्डले गरेका थिए ।
तर अन्तिम अवस्थामा प्रचण्डले आफ्ना नेता तथा कार्यकर्तालाई सडकमा एमसीसीविरुद्ध उभिन लगाएर थप नयाँ शर्त सिर्जना गरेको देउवाको बुझाइ छ ।
तत्काल चुनाव भए प्रचण्ड र माधव नेपालको पत्तासाप हुने विश्लेषणसहित देउवाले यस्तो विश्कर्ष निकालेका हुन् । यो विषयले उनीहरुलाई ठूलो धक्का लाग्ने दखिएको छ ।