माधव नेपालले एमसीसी ७ गतेसम्म रोकैं भनेपछि कसैले रोक्नसकेनन् हाँसो
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गर्नका लागि १ दिनको समय मागेका छन् । उनले आगामी ७ गतेसम्म एमसीसी रोकौं भनेपछि बैठक कक्ष हाँसोले कुन्जीएको एक नेताले बताए ।
६ गते संसद बैठक बोलाएकाले टेबल गर्नकै लागि ७ गते कुन नपर्ने भएकाले उनको भनाई अस्वभाविक जस्तो लागेर सबै नेताहरु हाँसेका थिए । बालुवाटारमा बसेको ५ दलिय गठबन्धनको बैठकमा नेपालले यस्तो प्रस्ताव राखेका थिए ।
अध्यक्ष नेपालले फागुन ७ गतेसम्म पर्खिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए । उनले ७ गते पार्टीको स्थायी कमिटी बैठक बोलाइएको बताउँदै त्यतिन्जेल सम्म पर्किन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने बताएका छन् । सत्तारुढ दलको बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबार नै एमसीसी टेबल गर्ने बताएका हुन् ।
देउवाले टेबल गरेपछि एमसीसी निर्णयका लागि दलहरूलाई पर्खिन सक्ने भएपनि फागुन १६ अघि जसरी पनि पारित हुनुपर्ने धारणा राखेका बैठकपछि एक नेताले जानकारी दिए ।
यस्तै जनता समाजवादी पार्टीको तर्फबाट भने दुई खाले धारणा आएको थियो । जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी तत्काल पेश हुनुपर्ने धारणा राखेका थिए । तर अर्का नेता राजेन्द्र श्रेष्ठले चाहिँ दलहरुबीच सहमति जुटाएर मात्रै अघि बढ्दा ठीक हुने धारणा राखेका थिए ।
माओवादी केन्द्रले भने ४ बुँदे धारणा राखेका थियो । माओवादीले सबैभन्दा पहिला एमसीसीमा रहेका प्रावधानहरूका बारेमा स्पष्ट पारिनुपर्ने अनि मात्रै पारितको कुरा आउने बताएका थियो ।
नेता नारायणकाजी श्रेष्ठका अनुसार एमसीसीमा कन्टेन्ट पनि जोडिएको हुनाले यसमा पनि छलफल नपुगेको धारणा पार्टीको थियो । यही कारण एमसीसीको औचित्यमाथि नै प्रश्न उठेको माओवादीको भनाइ थियो ।
आर्थिक सहायतका अहिलेसम्म संसदले अनुमोदन नगरेकोमा भोलिले अरुले पनि यस्तै माग गरे के हुन्छ भन्ने प्रश्न पनि माओवादीले उठाएको थियो । यस्तै माओवादीले संसद सुचारु गरेर मात्रै यसबारे अघि बढ्नुपर्ने धारणा पनि राखेको थियो । ‘यत्रो राष्ट्रलाई असर गर्ने कुरा संसद सुचारु नहुँदासम्म कसरी पेश हुन सक्छ ? पहिला संसद सुचारु हुनुपर्छ’, माओवादीको भनाइ थियो ।
बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनि मुलुककमा विकसित राजनीतिक घटनाक्रमका विषयमा गम्भीरतापूर्वक छलफल भएपछि सहमति जुटिनसकेको जानकारी दिए । एमसीसीलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे गम्भीरतापूर्वक छलफल भएको उनको भनाइ छ ।
भोलि १० बजे पुन बैठक बसेर सहमति जुटाउन प्रयास गरिने उनले बताए । उनले सत्ता गठबन्धनका ५ दलमध्ये ४ दल सरकारमा रहेको उल्लेख गर्दै गठबन्धनभित्र फरक फरक विचार भएकाले एमसीसीको विषयमा सहमति जुटाउन प्रयासरत रहेको पनि बताए ।
उनले सरकार सार्वभौम संसदबाट एमसीसी पारित गर्न लागिपर्ने र त्यसतर्फ छलफल केन्द्रीत रहेको पनि बताए । उनले फागुन १६ सम्ममा एमसीसी पारित गर्नुपर्ने भएकाले सरकार यसतर्फ प्रयास रहेको पनि बताए ।