एमसीसीबारे फेरी बोल्यो अमेरिका, बल्ल बुद्धि फिर्यो
काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा अमेरिका फेरी बोलेको छ ।
एमसीसीबारे नेपालमा विवाद उत्कर्षमा पुगिरहेको बेला अमेरिकाले यसबारे निर्णय गर्ने नेपालको सार्वभौम अधिकार भएको बताएको छ ।
अमेरिकाले एक विज्ञप्ति जारी गर्दै सार्वभौम राष्ट्रको रुपमा एमसीसी पारित गर्ने वा नगर्ने निर्णय नेपालको आफ्नो भएको स्पष्ट पारेको हो ।
विज्ञप्तिमा नेपाल र अमेरिकाको ७५ वर्ष लामो सम्बन्धलाई स्मरण गर्दै नेपालको परिवर्तनलाई समर्थन गर्दै विभिन्न क्षेत्रमा अमेरिकाले सहयोग गर्दै आएको कुरा उल्लेख गरेको छ ।
५० अर्ब रुपैयाँ बराबरको एमसीसी अमेरिकी जनताको तर्फबाट नेपाललाई उपहार भएको बताउँदै अमेरिकाले दुई देशबीचको सहकार्यले नेपालका लागि रोजगारी सिर्जना गर्नुका साथै भौतिक पूर्वाधार ल्याउने र नेपालीको जीवनस्तर उकास्न मद्दत पुग्ने उल्लेख गरेको छ ।
अमेरिकाले यो परियोजना नेपाल सरकार र नेपाली जनताले आग्रह गरेको र यसलाई नेपालको गरिबी निवारण र आर्थिक उन्नतीका लागि तयार गरिएको पनि अमेरिकाले स्पष्ट पारेको छ ।
यसअघि अमेरिकाले एमसीसी जसरी पनि पास गर्न पर्ने भन्दै दवाव दिएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड), प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई टेलिफोन गर्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्र्ड लुले एमसीसी जसरी पनि पास गर्न धम्की दिएका थिए ।
उनले एमसीसी पास नभए फिर्ता लैजाने र अहिले गर्दै आएको सहयोग पनि रोक्ने धम्की दिएका थिए । साथै उनले एमसीसी फिर्ता भए चीनको दवावमा फिर्ता भएको भन्दै गम्भीर रुपमा लिने बताएका थिए ।
प्रचण्डलाई त लुले एमसीसी पास नगरे द्वन्द कालका मुद्धाहरुलाई व्युताएर मानवअधिकारको मुद्धा चर्काउने धम्की दिएका थिए ।