मनोज गजुरेलसंग डिभोर्स गरेको बर्ष दिनमा आज मिना ढकालले ‘डिभोर्सको बार्षिकोत्सव’ मनाउँदै

बुधबार, ११ पौस २०७५

काठमाडौं – केही साताअघि ‘नथिया’ उपन्यासकी लेखिका सरस्वती प्रतिक्षा आफ्ना पूर्वपतिसँग सँगै खाना खाएको विषय सामाजिक सञ्जालमा निकै भाइरल भयाे ।

साहित्यकार सरस्वतीले आफ्ना पूर्वपतिसँग सँगै रेस्टुरेन्टमा लन्च गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । ‘डिभोर्स लिएको चार वर्ष पूरा भएको उपलक्ष्यमा’ यो भेटघाट गरेको भन्दै सामाजिक सञ्जालमा  फाेटाे सेयर गरेपछि एक एक भाइरल भएकाे थियाे ।

‘सम्वन्ध विच्छेदपछि आ–आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो । सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध विच्छेद एक उत्सव बनिदिँदो रहेछ,’ उनले लेखेकी थिइन् । उनकाे त्याे स्टाटस कतिपयले प्रशंसा गरे भने कतिले भेट्नु नै थियो भने कि छुट्टिएको भनेर कटाक्ष गरेका थिए ।

सरस्वतीकै जस्ताे सिकाे गर्दै  मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले भने डिभोर्सको बार्षिकोत्सव मनाउने भएकी छन् । एक वर्षअघि सम्बन्ध विच्छेद गरेकी हाँस्य कलाकार गजुरेलकी पूर्वपत्नी मिना ढकालले  डिभोर्स भएको दिनलाई उत्सवका रुपमा मनाउने भएकी हुन् ।

Image may contain: 1 person, smiling, hat and closeup

विभिन्न किसिमका अन्तर्वाता दिएर चर्चा कमाएकी उनले डिभोर्स भएको एक वर्ष पूरा भएको अवसरमा आज (बुधबार) नयाँ बानेश्वरमा रहेको आफ्नो बुटिकमा चियापानको आयोजना गर्ने बताइकि छिन् । उनले फेसबुकमा लेखेकी छन्, ‘भोलि ११ गते म स्वतन्त्र भएको एक बर्षको उपलक्ष्यमा मेरा आत्मीय शुभचिन्तकहरुलाई चियापानको लागि आमन्त्रण गर्दछु !’

उनको यो  डिभोर्सकाे  उत्सव  मनाउने  निणार्यलाई धेरैले शुभकामना दिए पनि कसैले भने कटाक्ष समेत गरेका छन् । गत वर्ष सम्बन्ध विच्छेद गरेका मनोज गजुरेल र मिना ढकालका एक छोरा र एक छोरी छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् ।