‘नो एमसीसी’ लेखेको बम भेटियो
दाङ – ‘नो एमसीसी’ लेखेको बम फेला परेको छ । दाङको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमहीको सडक छेउमा प्रेसर कुकर बम फेटिएको हो ।
सडक क्षेउ नकिजै प्रेसर कुकरमा तारले जेलिएको अबस्थामा भेटिएको हो ।
लमही नगरपालिका वडा नम्बर–७ स्थित पदमिनी खोलाको २०० मिटरको दक्षिणतर्फ सडक छेउमा तार जोडेर राखिएको शंकास्पद प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।
‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु शनिबार राति ११ बजे सडक छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले जानकारी दिए ।
शंकास्पद वस्तु बम हुनसक्ने भन्दै नेपाली सेना निष्क्रय पार्न घटनास्थल पुगेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।
‘नेपाली सेनाका बम डिस्पोजल टोली पुगि डिस्पोज गर्ने तयारी भइरहेको छ,’ उनले भने ।
अहिले सेनाले निष्क्रिय पार्ने काम गरिरहेको छ । पूर्वपश्चिम राजमार्ग एकतर्फी खुला गरेर सवारी सञ्चालनमा ल्याइएको छ ।
फागुन ६ गते पनि काठमाडौँमा तीन वटा बम भेटिएका थिए । पछि नेपाली सेनाले उक्त बम डिस्पोजल गरेको हो ।
आज पनि सरकारले संसदमा एमसीसी टेवल गर्ने प्रयास गरेको छ । त्यसकै प्रतिकार स्वरुप बम राखिएको हुन सक्ने आशंका गरिएको छ ।