बल्ल फुर्यो प्रधानमन्त्री देउवाको बुद्धि
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको बल्ल बुद्धि फिरेको छ । प्रतिपक्षीलाई साथमा लिएर एमसीसी पास गर्ने रणनीति बनाएका देउवाले ओलीलाई झुक्याएपछि देउवाको बुद्धि फिरेको हो ।
प्रतिपक्षलाई साथमा लिन नसकिने निश्कर्ष निकालेर देउवा प्रचण्डलाई भेट्न खुमल्टार पुगेका छन् ।
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका हुन् ।
हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका प्रधानमन्त्री देउवा आज बिहानै प्रचण्डलाई भेट्न प्रचण्डनिवास पुगेका हुन् ।
संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन् ।
देउवा र ओलीबीच हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए ।
जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए ।
एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।
मंगलबार बेलुका प्रधानमन्त्री देउवाले ओलीलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए । छलफलका क्रममा ओलीले दुई वटा सर्त राखेका थिए ।