विदेश भ्रमण स्थगित, परराष्ट्र मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति
काठमाडौं – सरकारले विदेश भ्रमण स्थगित गरेको छ । युक्रेनमा बढ्दो तनावलाई मध्यनजर गर्दै सरकार उक्त देशको भ्रमण स्थगित गरेको हो ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकाल्दै युक्रेन भ्रमण स्थगित गरेको हो।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरिएको छ ।
त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको छ ।
हाल युक्रेनमा ३८ नेपाली रहेको जानकारी आएको नेपाली राजदूतावास बर्लिनलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ । उनीहरू सबै सकुशल रहेको पनि मन्त्रालयले जनाएको छ ।
युक्रेनमा रहेका नेपाली नागरिकहरूले आवश्यक परेमा नेपाली राजदूतावास बर्लिनलाई सम्पर्क गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।
अमेरिका र रुसको सितयुद्धका कारण युक्रेनमा युद्धको सम्भावना छ ।
रसिया आक्रमण गर्ने अन्तिम तयारीमा रहेको छ । त्यहाँ भएका नेपालीहरुको सुरक्षाका लागि मन्त्रालयले सजक गराएको छ ।
