विशेष पत्रकार सम्मेलन गर्दै प्रचण्ड

सोमबार, १६ फाल्गुन २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउसो ३ बजे आफ्नै निवासमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

एमसीसीबारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्रै समीकरण मिलाउन प्रचण्डलाई सकस परेको छ ।

यस्तो पृष्ठभूमिमा एमसीसीबारे स्पष्ट पार्न प्रचण्डले पत्रकार सम्मेलन राखेको बताइएको छ ।

प्रचण्डको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे खुमलटारस्थित निवासमै पत्रकार सम्मेलन राखिएको हो ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले चर्को असन्तुष्टि जनाएका छन् ।

आइतबार प्रचण्डले व्याख्यात्मक व्यवस्थासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेका थिए ।

उक्त निर्णय पछि देशभरबाट माओवादी परित्याग गर्नेहरुको लर्को लागेको छ । पार्टीभित्र गइरहेको पहिलो नियन्त्रण गर्न प्रचण्डले पत्रकारसम्मेलनको आयोजना गरेका हुन् ।

उनले यो अवस्थासम्म पुग्नका लाििग गरेको संघर्ष र आफू व्याग हुनुपर्ने बाध्यताबाररे जानकारी दिने बुझिएको छ ।