नेपालमा भयो रुस–युक्रेनबारे वार्ता, यस्तो भयो सहमति
काठमाडौँ – रुस–युक्रेन समस्या समाधान गर्नका लागि नेपालमा वार्ता भएको खुलासा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन वार्ता भएको हो ।
उनीहरुबीच टेलिफोन वार्ता भएको बालुवाटार श्रोतले जनाएको छ । विदेशमन्त्री ब्लिन्केनले ट्वीटमार्फत् टेलिफोन वार्तावारे जानकारी गराएपछि बालुवाटारले वार्ता भएको स्वीकारेको छ ।
ट्वीटमा युक्रेनमा रुसले गरेको सैन्य आक्रमणबारे छलफल भएको उल्लेख छ । छलफलपछि नेपाल युक्रेनको पक्षमा खुल्न सहमत भएको श्रोतको दावि छ ।
लेखिएको छ, ‘आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग युक्रेनमा भएको रुसी आक्रमणबारे टेलिफोन वार्ता भएको छ ।’
ट्वीटरमा अगाडि लेखिएको छ, ‘वार्तामा रुसी आक्रमणविरुदध्द युक्रेनको स्वाधिनता र सार्वभौमिकताक रक्षाको समर्थन बारे चर्चा गरियो । हामीले दुई मुलुकबीच आगामी दिनमा आर्थिक विकास र क्षेत्रीय चुनौतीका बारेमा अझ बढी घनिष्ठताका साथ सहकार्य गर्नेछौं ।’
यसअघि युक्रेनमा भएको रुसी आक्रमणलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले घुमाउरो भाषामा रुसको बिरोध गर्दै युक्रेनको समर्थनमा विज्ञप्ति जारी गरेको थियो ।
त्यसैगरी अस्ति स्वीट्जरल्याण्डको जेनेभामा भएको राष्ट्रसंघीय मानवअधिकार परिषद्को मतदानमा नेपालले युक्रेनलाई साथ दिएको छ । परिषद्ले ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको अवस्था’ प्रस्तावमा छलफल गर्न आपतकालीन बैठक बोलाएको थियो ।
बैठकमा उक्त विषयमा छलफल गराउने वा नगराउने भन्ने विषयमा मतदान भएको थियो । मतदानमा परिषद्का ४७ सदस्य राष्ट्रमध्ये प्रस्तावको पक्षमा २९, विपक्षमा ५ र १३ राष्ट्र तटस्थ बसेका थिए ।
दुई छिमेकी भारत तटस्थ र चीन विपक्षमा उभिए पनि नेपालले युक्रेनको पक्षमा खुलेर मतदान गरेको हो ।