झलनाथ खनालले कांग्रेसका नेताहरुलाई लखेट्नुपर्छ भनेपछि…

शनिबार, २८ फाल्गुन २०७८

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेसका नेताहरुले बोरामा पैसा बोकेर चुनावमा जाने दावी गरेका छन्
एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको भेला
लाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै खनालले पैसा लिएर जानेहरुलाई ठाउँ ठाउँ लखेट्नुपर्ने पनि बताए ।

नेता खनालले एकथरी नेताहरुको बैठक बसेर आगामी चुनावमा एक नम्बरमा झलनाथ हराउने निर्णय गरेको पनि आरोप लगाए । नेता खनालले निर्वाचनमा कांग्रेसहरु बोरामा पैसा बोकेर आउने भन्दै अहिले कांग्रेस नेताहरुले सबै ठाउँमा जित्ने दावी गर्नुमा पनि पैसाको धाकमात्र रहेको बताए । एमालेले पनि पैसाको बोरा लिएर जाने उनको भनाई थियो ।

‘कांग्रेस बोरामा पैसा बोकेर जान्छ । केही कांग्रेसको धाक त्यहि हो । तर प्रधानमन्त्री एकताबद्ध भएरै जानुपर्छ भन्दै हुनुहुन्छ ।
कांग्रेसभित्र दुईटा धार छन्, नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ । जहाँ सम्भव हुन्छ त्यहाँ मिल्ने, सम्भव नभए एक्लै जाने हाम्रो नीति हुन्छ ।

हारिन्छ भनेर डराउने कुरा छैन । अर्को चुनावमा पक्का जित्छौं, अहिले तयारी गरौं । कांग्रेसका केही नेता बसेर एक नम्बर एकमा झलनाथ खनाल हराउने भने । एमालेको अर्को बैठक गरेर कहाँबाट क्याम्पेन गर्ने भन्दा इलाम १ बाट । केपी ओली ६ गते जाँदैछन्’, नेता खनालले भने ।