झलनाथकै गृह जिल्लामा ओलीको धमाकाः झलनाथको बोली नै बन्द हुनेगरी फर्काए मुखभरीको कडा जवाफ

आइतबार, ६ चैत्र २०७८

काठमाडौं– आसन्न निर्वाचनमा नेकपा एमालेको बाकस खाली गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले कडा जवाफ फर्काएका छन् । ओलीले तीन वर्षमा आफू नेतृवको सरकारको कामलाई देखेर दुनियाँ अचम्मित परेको बताएका छन्। इलामको फिक्कलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले समय खेर फाल्ने पार्टी नभएको बताएका हुन्।

’हामीले तीन वर्षमा विकास गर्न सकिने रहेछ भन्ने दखाएका छौँ। कोभिड–१९ मा जनताको जिउधनको रक्षा गरेको विषयलाई विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको छ। तीन वर्षको यति छोटो समयमा यति धेरै काम गरेको देखेर दुनियाँ चकित परेको छ,’उनले भने। एमालेको सफलता देखेर केही शक्तिहरु षड्यन्त्रमा लागेको ओलीको भनाइ छ।

एमालेले लगाइदिएको सांसद र मन्त्रीको फुली बोकेर केही नेताहरु हिँडेको भन्दै ओलीले आक्रोश समेत व्यक्त गरे। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई लक्षित गर्दै उनले एमालेले लगाएको जुँगामा ताउ लगाएर बसेकाले जथाभावी बोल्न नहुने बताएका हुन्। केही दिन अईि खनालले ओलीको बाक्स ’जिरो’ बनाउनुपर्ने बताएका थिए। खनालकै गृह जिल्ला पुगेर ओलीले भने, ’कमसेकम एमालेले लगाइदिएका जुँगामा ताउ लगाउने अनि एमालेको बाकस खाली गर्छु भन्ने

ओलीले एमालेलाई षड्यन्त्र गरेर चुनावमा जित्न नदिने नेताहरुले अभिव्यक्ति दिइरहेको भन्दै आक्रोश पोखेका छन्। उनले पाँच दललाई एउटै कुचोले बढार्ने चेतावनी समेत दिएका छन्।’अहिले अर्कोथरी शक्तिहरु एमालेलाई बहुमत ल्याउनबाट रोक्न भनेर लागेका छन्। एमालेका कार्यकर्ता सचेत भइसकेका छन्। एमालेलाई अलिकति टोकी हेर्न नसोचे हुन्छ। बैशाख ३० गते एमालेले देशबाट पाँच दललाई एउटै कुचाले बढार्नेछ,’ उनले भने।

यस्तै नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन् ।

‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ । कसरी मतपत्र एमालेको खाली गर्ने होला रु केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ नेम्वाङले प्रश्न गरे । उनले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी गरे । जुन देखेर खनाल छक्क परिरहेका होलान् भन्दै कटाक्ष गरे । ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ ।

त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू’, पार्टी अध्यक्ष ओलीलाई छेउमा राखेर नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ । कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन ।’ एमाले विभाजनपछि धेरै क्षति भएको इलाम क्षेत्र नम्बर १ मा हो । यस क्षेत्रका संघीय सांसद खनाल हुन् । पटकपटक त्यही क्षेत्रबाट निर्वाचन जितेर खनाल प्रधानमन्त्रीसमेत भइसकेका छन् । हाल एकीकृत समाजवादीमा छन् । सोही क्षेत्रको प्रदेश सांसद खिनु लङ्वा लिम्बू पनि खनाल रहेको पार्टीमै छिन् ।

कतचयलनश्रके भनेका थिए खनालले कतचयलनश्र एकीकृत समाजवादी नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा ९एमाले० ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका थिए । पूर्वप्रधानमन्त्री समेत रहएका खनालले संसद् विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताएका थिए । यस पटकको निर्वाचनमा ओली नेतृत्व एमालेलाई शून्य सिटमा झारेर सजाय दिनुपर्ने खनालको अभिव्यक्ति थियो ।

पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानको प्रावधानविरुद्ध गएर संसद् विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए । ऐन उलंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन बिताउनुपर्ने तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै उनले नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने बताएका थिए ।