एमाले र माओवादी एकीकरणका लागि त्रिपक्षिय वार्ता, को–को छन् वार्तामा सहभागी ?

शनिबार, १२ चैत्र २०७८

काठमाडौँ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच दोश्रो पटक पार्टी एकताको प्रयास भइरहेको छ । त्यसका लागि आज त्रिपक्षिय वार्ता हुँदैछ ।

चीनमा हुन लागेको वार्तामा एमालेका तर्फवाट उपाध्यक्ष विश्णु पौडेल, नेता काशीनाथ अधिकारी, पुष्प कँडेल रहेका छन् भने माओवादीको तर्फवाटा प्रमुख सचेतक देव गुरूङ, नेता वर्षमान पुन र ओनसरी घर्ती सहभागी छन् ।

चीनको राजधानी बेइजिङमा हुने वार्तामा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले सहजीकरण गर्नेछन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा दुवै पार्टीका प्रतिनिधि चीन पुगेका हुन् ।

चीनले नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि नेपालमा आफ्नो चलखेल बढाएको छ । अमेरिकाको जबरजस्त प्रभाव रोक्न चीनले कम्युनिस्ट पार्टीहरुलाई मिलाउन खोजेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएको मौका पारी सुटुक्क वार्ता गर्न लागेको माओवादी केन्द्र निटक श्रोतको भनाई छ । वाङले नेपालमा अरु नेताहरुलाई अल्मल्याउने र उता सहमति गर्ने तयारी रहेको श्रोतको दावि छ ।