केपी ओलीको सातो खानेगरी अर्को निर्णय आउँदै
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उच्च मनोबलका साथ स्थानीय तहको निर्वाचनमा आफ्नो जित निश्चत भएको बताइरहेका छन् । उनले ३ सय भन्दा धेरै पालिका जितेर देशकै पहिलो पार्टी बन्ने बताइरहेका छन् ।
सत्ता गठबन्धनका ५ दलले स्थानीय तहको निर्वाचनमा चुनावि तालमेल गर्ने लगभग पक्का भएपनि ओली आफ्नो मनोबलमा कुनै कमी हुन दिएका छैनन् । उनी बाहिर जति कन्फिडेण्ट देखिएका भित्र च्यतिनै मुर्मुरिएका छन् । गठबन्धन चुनावमा कसरी जाने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने खबरले त झन उनलाई बेचैन बनाएको छ ।
स्थानीय तह निर्वाचन तयारी, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न गठबन्धन बैठक बस्ने तय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
‘आज बिहान ११ बजेका लागि गठबन्धन बैठक बोलाइएको हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो। प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन्। यस्तै बैठकमा चुनावी तालमेलबारे कुराकानी गर्ने तयारी छ।
नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधार सत्तारूढ गठबन्धनका दलहरूसँग तालमेल गरेर जाने निर्णय केन्द्रीय समितिबाट गरेको थियो। त्यसपछि पहिलोपटक आज गठबन्धन बैठक बस्न लागेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई चुनावसम्म कायमै राख्ने बताइरहेका छन्।
आजको बैठकमा महानगरहरूमा कहाँ कसले लिने भन्नेमा प्रारम्भिक छलफल गर्ने तयारी रहेको स्रोतले जनाएको छ। वैशाख ३० मा चुनाव हुने भएकोले अहिलेदेखि नै कहाँ कसले उम्मेदवारी दिने टुंग्याएर प्रचारप्रचारमा जाने तयारी छ।
माओवादी अध्यक्ष प्रचण्डले बुधबार चितवन पुगेर भरतपुरको मेयरमा पार्टीको दाबी रहेको बताइसकेका छन्। भरतपुरमा यसपालि कांग्रेसले आफूले नछाड्ने बताइरहेको छ। सम्भवत अघिल्लो निर्वाचनमा माओवादीले जितेका पालिकामा माओवादी, कांग्रेसले जितेको ठाउँमा कांग्रेस, जसपा जितेको ठाउँमा जसपाका उम्मेदवार उठाउने विषयमा निर्णय हुने एक नेताले बताए ।
‘पहिला जुन पार्टीले जितेको थियो त्यही पालिकामा गठबन्धनका पाटीले उम्मेदवार दिने र एमाले जितेका पालिकामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले भागवण्डा गर्ने निर्णय हुनसक्छ ।’ उनले भने ।