६४ अर्ब पुग्यो सैनिक कल्याणकारी कोषको सम्पति, तर माग्दै हिड्छन् सेनाका श्रीमती
काठमाडौँ – नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब ६४ अर्ब पुगेको छ । विसं २०३२ मा एक करोड २४ लाख एक हजारबाट सुरु भएको कोषमा ६३ अर्ब ९७ करोड २६ लाख ६० हजार पुगेको नेपाली सेनाले जनाएको छ ।
भूपूसैनिक तथा बहालवालाको जीवन स्तर उकास्न इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा शैनिक कल्याणकारी कोषको स्थापना भएको थियो । कोष अन्तरगतको सहुलियत कर्जा कार्यक्रमबाट हालसम्म ३१ हजार ५०० भन्दा बढी हिताधिकारीसमेत लाभान्वित भएको प्रधानसेनापति प्रभुराम शर्माले बताए ।
कल्याणकारी बोर्डको समन्वयमा हिताधिकारीका लागि बैंकले लघुवित्त कार्यक्रममा हालसम्म करिब छ अर्ब ७५ करोड कर्जा प्रवाह गरिसकेको छ । कल्याणकारी कोषमार्फत आफ्ना हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार, सीप, सहुलियतजस्ता कार्यक्रममार्फत जीवनस्तर उकास्ने कार्यक्रमलाई सेनाले जोड दिँदै आएको छ ।
तर कोष अन्तरगतको शैनिक श्रीमती संघ भने बजारमा चन्दा उठाउँदै हिडेको पाइएको छ । संघले आर्थिक बर्ष २०७५/७६ मा र ७६/७७ मा विभिन्न बैंकहरुबाट आर्थिक सहायता लिएको पाइएको छ ।
बैंकको संस्थागत सामाजिक उक्तदायित्व अन्तरगतको शिर्षकमा शैनिक श्रीमती संघले पैसा लिएको मोटेभेट न्यूजले प्राप्त गरेको डकुमेन्टमा उल्लेख छ । ‘क’ बर्गका बाणिज्य बैंकहरुले आर्थिक सहयोग गरेको तथ्याङ्कमा देखिएको छ ।
शैनिक श्रीमती संघको अध्यक्ष प्रधान सेनापतिको श्रीमती हुने व्यवस्था छ ।