अनेरास्ववियु (क्रान्तिकारी)को १३ औँ जिल्ला सम्मेलन हुँदै, पूर्वसन्ध्यामा दिप प्रज्वलन
उदयपुर – अनेरास्ववियु (क्रान्तिकारी) उदयपुरको १३ औँ जिल्ला सम्मेलन भोली (बिहीबार) हुने भएको छ । ३२औं जनआन्दोलन दिवसको अवसर पारेर अनेरास्ववियु (क्रान्तिकारी)ले २४ गते (भोली) जिल्ला सम्मेलन गर्न लागेको हो ।
जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा अखिल (क्रान्तिकारी)ले दिप प्रज्वलन गरेको छ । जिल्ला सदरमुकाम गाईघाटको मेन चोकमा दिप प्रज्वलन गरिएको हो ।
उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिबेक कुमाल, पार्टीका उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश साही, महासचिव मिलन राई लगायत जिल्लाका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्तिममा ३२औं जनअन्दोलन दिवस सफल पारौँ, बीर सहिदहरु लाल सलाम, बड्दो मूल्य वृद्धि नियन्त्रण गर, दलालहरु होसियार लगायतका नाराहरु लगाइएको थियो ।
नेकपाले जनयुद्ध दिवसको अवसरमा देशैभरी विभिन्न कार्यक्रम गर्दैछ । महासचिव विप्लवले चितवनमा हुने विशेष जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।