नेकपा उदयपुरको तेस्रो जिल्ला बैठक सम्पन्न, राष्ट्रघाति MCC विरुद्ध जनसंघर्ष संचालन गर्ने

शनिबार, २६ चैत्र २०७८

उदयपुर – नेपाल कम्युनिस्ट पार्टी उदयपुरको बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको १२ औं केन्द्रीय समिति बैठकको निर्यण जिल्लामा दृढता पूर्वक कार्यवन्यन गर्ने निर्यण गरेको छ ।

साथै राष्ट्रघाति एमसीसी विरुद्ध जनसंघर्ष संचालन गर्ने, राष्ट्रवादी विचको ध्रुविकरणमा व्यापक जोड दिदै राष्ट्रवादीहरुको संयुक्त मोर्चा निर्माण गर्ने निर्णय गरेको नेकपा उदयपुरका इन्चार्ज विवेक कुमालले बताए ।

बैठक जिल्ला सेक्रेटरी लक्ष्मणको अध्यक्षतामा र नेपाल कम्युनिष्ट पार्टिका केन्द्रीय सदस्य तथा उदयपुर ओखलढुंगा ईन्चार्ज कुमालको प्रमुख आथित्यतामा बसेको थियो । उक्त बैठकले ६ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको छ ।

मनोनित हुनेहरुमा सुरेन्द्र थापा, रिता राई, जानकी खत्री, टंक, सुरेश, अमृत बिष्ट रहेका छन् ।

बैठकले गरेको निर्णयहरु यसप्रकार छ

१) बैठकको आरम्भमा वर्गिय आन्दोलनमा सहादत प्राप्त गर्ने महान वीर शहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरियो।

२) राष्ट्रवादी विचको ध्रुविकरणमा व्यापक जोड दिदै राष्ट्रवादीहरुको संयुक्त मोर्चा निर्माण गर्ने ।

३) राष्ट्रघाति एमसीसी सम्झौता विरूद्र जनसंघर्ष संञ्चालन गर्ने ।

४) दलाल संसदीय व्यवस्थाको व्यापक भण्डाफोर गर्दै अभियान संचालन गर्ने ।

५) दलाल संसदीय व्यवस्थाको विरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रहका लागि जनमत संकलन गर्ने ।

६) संसदीय व्यवस्थाद्दारा गरिने स्थानीय चुनावमा राष्ट्रवादी,स्वतन्त्र उमेदवार, बौद्दिक व्यक्तित्व, दलित, महिला, जनजाति, स्वच्छ छवि भएका व्यक्तिहरुलाई सहयोग गर्ने ।

७) भ्रष्टाचार,राष्ट्रघाति,जनघाति साथै सामाजिक अपराधीहरुलाई जनकारबाही गर्ने ।

८) उत्पादनलाई जोड दिएर २ बिगा जमिनमा धान रोप्ने, एउटा पोखरीमा माछा पालन गर्ने ।

९) जिल्ला कमिटी सदस्य राम कृष्ण सदाले एक कठ्ठा जमीन दिने र पार्टी कार्यालय बनाउने, निर्माण कार्यको जिम्मा दुर्गा तामाङ, भरत बस्नेतलाई जिम्मा दिने निर्णय गरेको छ।

१०) ३० गते जिल्लाका नेताकार्यकर्ताको राजनीति प्रशिक्षण गर्ने।