जनपत्रकार संगठन नेपाल भोजपुरले बुझायो महासंघलाई ज्ञापनपत्र

बुधबार, ७ बैशाख २०७९

भोजपुर – जनपत्रकार संगठन नेपाल भोजपुरले नेपाल पत्रकार महासंघलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनका भोजपुर संयोजक सर्गम श्रेष्ठको टोलीले महासंघलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा, श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायीत्वलाई सुनिश्चिताका लागि ठोस पहल गर्न माग गरिएको छ । साथै कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुनःस्थापन, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्न आग्रह गरिएको छ ।

संगठनले समानुपातिक बिज्ञापन प्राणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गर्न आग्रह गरेको छ । साथै, पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्न माग गरेको छ । पत्रकारहरुको स्वास्थ्य बीमा, जीवन बीमा र संचार , सामाग्रीको बीमा गर्ने व्यवस्था गर्न पनि माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै, नेपाल पत्रकार महासंघ, भोजपुर शाखाका सचिब अर्जुन बस्नेतले ज्ञापनपत्र बुझ्दै, संगठनले राखेको मागप्रति नेपाल पत्रकार महासंघ, भोजपुर शाखा सकरात्मक रहेको र कार्यान्वयनको लागि महासंघ सकरात्मक रहेको बताए । पत्रकारको हकहितको लागि महासंघ सदैब कटिबद्ध रहेको उनले बताए ।