काँग्रेस समाप्त हुने भन्दै ओलीले गरे यस्तो भविश्यवाणी
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस समाप्त हुने भन्दै भविश्यवाणी गरेका छन् । यसरी नै अलच्छिन जति बोकेर हिँडेका कांग्रेस छिट्टै समाप्त हुने बताएका हुन् ।
बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेसले अहिले हाप्सिला बोकेर हिँडेकाले समाप्त हुने बताएका हुन् । उनले एमाले गुणात्मक रुपमा अघि बढेको भन्दै विरोधीहरूको वुद्धि नै नभएको बताए ।
‘हाम्रा विरोधीहरु रचनात्मक छैनन । यिनीहरुका बुद्धिले यिनीहरुलाई नै सिध्याउँछ’, ओलीले प्रतिनिधिसभा विघटन सहि भएको र सोही कुरा बोकेर जनतामा जान निर्देशन दिँदै ओलीले भने, ‘नेपाली काँग्रेस पनि चुनौतीको शक्ति हुन्थ्यो तर राम्रो गर्यो । काँग्रेस अब नीति, विचार, संगठन, व्यवहार ग्रह, दशा वास्तु कुनै हिसाबले पनि अब अलच्छिन जति बोकेर हिँडेको छ ।’
ओलीले भने, ‘कोही हाप्सिला जस्ता छन् । हाप्सिलै हाप्सिला काँध र खोकिलामा बोकेर हिँडेको छ । गठबन्धनसँगै यो पनि समाप्त भएर जाने भो ।’