निर्वाचन आयोगले विप्लवलाई पठायो यस्तो सन्देश, प्रचण्ड खुशीले गदगद
काठमाडौं – बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन सार्न पर्ने र मतदाता नामावली थग गर्न समय माग्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले स्पष्ट जवाफ पठाएको छ । आयोगले निर्वाचन सार्व, मतदाता नामावलीमा थपघट वा हेरफेर गर्न नसकिने जवाफ पठाएको हो ।
आयोगले १३ चैत २०७९ मा मतदाता नामावलीको अन्तिम सूची प्रकाशित गरेको थियो । तर अहिले पनि नामावली सार्न र सच्याउन निवेदन आइसकेको भन्दै आयोगले १३ चैत २०७९ मा प्रकाशित अन्तिम मतदाता नामावलीमा कुनै संशोधन, परिमार्जन वा हेरफेर गर्न नसकिने स्पष्ट पारेको छ ।
विप्लव नेतृत्वको नेकपाले आफ्ना धेरै कार्यकर्ताको मतदाता नामावली नभएको भन्दै मतदाता नामावली संकलनका लागि केही समय थप गर्न माग गरेको थियो । सो पार्टीका प्रबक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले आयोगमै गएर यस्तो आग्रह गरेका थिए ।
तर आयोगले त्यो काम अहिलेका लागि असम्भव भएको बताएको हो । प्रकाण्डले राष्ट्रिपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफूलाई स्थानीय तहको निर्वाचनमा सहभागी हुने वाताबरण मिलाउन आग्रह गरेका थिए ।
आयोगले उनको आग्रहलाई अस्वीकार गरेको हो । आयोगले यो निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) खुशी भएका छन् । नेकपा चुनावमा गए आफ्नो भोट काट्ने प्रचण्डको विश्लेषण थियो । अहिले विभिन्न कारणले विप्लवलाई अल्मल्याउन पाए हुन्थ्यो भन्ने चाहेका प्रचण्डलाई आयोगले यो निर्णयले खुशी दिलाएको हो ।