हुँदा खाँदाको सरकारी जागिर छोडेर अध्यक्ष लड्न आए रेग्मी
काठमाडौँ – हुँदा खाँदाको सरकारी जागिर छोडेर आएका राजेश कुमार रेग्मीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट गाँउपालिका अध्यक्षको टिकट पाउने आसमा नेपाल सरकारको लेखा अधिकृतबाट राजिनामा दिएका रेग्मीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
काँग्रेसबाट कुमाख गाँउपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिने भन्दै २०७८ फाल्गुन ३० गते नै उनले राजिनामा गरेका थिए । उनको नाम सहित ४ जनाको अध्यक्ष पदका लागि सिफारिस पनि गरिएको थियो ।
तर अन्तिम समयमा पार्टिले मान बहादुर बुढाथोकिलाई टिकट दिएपछि उनी बागी उम्मेदवार दिएका हुन।