कांग्रेसका चर्चित नेताको ठमेलमा अमर्यादित हर्कद (भिडियोसहित)
काठमाडौं – कांग्रेसका चर्चित नेता ठमेलमा आपत्तीजनक अवस्थामा देखिएका छन् । भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी आपत्तजनक अवस्थामा देखिएका हुन् ।
उनी आफ्नो नीजी भ्रमणका क्रममा काठमाडौँमा छन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा गएका थिए ।
एलओडी गएको भिडियोले नेपालका साथै भारतमा पनि चर्चा बटुलेको छ । यो भिडियो सेयर गर्दै भाजपाले कांग्रेस र राहुल गान्धीमाथि हमला गरेका छन् ।
‘राहुल गान्धीले के गरिरहेका छन्, यो उनको नीजि मामिला हो । तर जब राजस्थानको जोधपुरमा हिंसा भइरहेको छ, राजस्थानमा कांग्रेसको सरकार छ, राजस्थान जलिरहेको छ ।’ भाजपाका नेताहरुले लेखेका छन् ।
‘यसमाथि चिन्ता व्यक्त गर्नुको साटो राहुल गान्धी नेपालको नाइटक्लबमा पार्टी गरिरहेको देखिएका छन् । जबकी उनी भारतका जनतासँग उनीहरुको समस्याबारे जान्न अग्रसर हुनुपर्दथ्यो ।’भाजपा प्रवक्ता शहजादले् ट्वीटरमा लेखेका छन् ।