एमालेले गर्यो निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन, चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग
काठमाडौँ – स्थानीय तहको निर्वाचन नजिकिँदै बर्दियामा एमालेका उम्मेदवारले चुनावी प्रचारप्रसारमा भारतीय नम्बरको गाडीसमेत प्रयोग गरेका छन् । यतिखेर बिभिन्न स्वतन्त्र उमेदवार राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । भने” उम्मेदवारहरूले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरीसमेत परेका छन् ।
बर्दियामा एमालेका उम्मेदवारले चुनावी प्रचारप्रसारमा भारतीय नम्बरको गाडीसमेत प्रयोग गरेका छन् । पछिल्ला केही दिनयता सदरमुकाम गुलरियामा यूपी १४ सीए ८८१३ नम्बरको भारतीय जिप प्रचारप्रसारमा प्रयोग गरिएको छ ।
निर्वाचन आचारसंहिता ०७८ को बु‘दा १३ को ‘ज’ मा चुनावी प्रचारप्रसारमा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र नदिइने उल्लेख छ । एमालेका जिल्ला सचिव पदम ढकालले चुनावी प्रचारप्रसारमा भारतीय नम्बर प्लेटको गाडी प्रयोगमा आएको भए राक्ने बताए ।