रास्कोटबाट भृकुटीको गर्जन, जितेको भोलिपल्ट भ्रस्टाचारिहरुको उठिवास लगाउछु
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीबाट रास्कोट नगरपालिकामा स्वतन्त्र नगर प्रमुखको उम्मेदवारी दिनुभएका पहिलो महिला नेत्री धिरिन्द्रा कुमारी उपाध्याय “भृकुटी” ले जनताले आफुलाई विजयी गराएमा सबैभन्दा पहिला भ्रष्टाचारको जरो उखेल्ने बताउनु भएको छ । आफु विजयी भएको भोलिपल्टदेखी भ्रस्टाचारीहरुको उठिबास लगाउने समेत प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
चुनाव प्रचारप्रसारका क्रममा बिहीबार स्यूनाका मतदाता सँगको भेटघाटमा नगर प्रमुखका उम्मेदवार भृकुटीले यस्तो बताउनु भएको हो ।
उहाँले स्थानीय निकायमा भ्रष्टाचारले गहिरो जरा गाडेको भन्दै यसलाई जरैबाट नउखेलेसम्म नगरको विकास र समृद्धि नहुने ठोकुवा गर्नुभयो ।
नगर प्रमुखका उम्मेदवार भृकुटीले भन्नुभयो “नगर भित्र भ्रष्टाचार मौलाएको छ, जाड रक्सी जुवा तासको विकृति फैलिएको छ, यसलाई म जुनसुकै हालमा पनि रोक्नेछु ।”
उहाँले रास्कोट नगरपालिका भ्रष्टाचारको अखडा भएको र आफ्ना कार्यकर्ता पाल्ने थलो भएको जिकिर गर्नुभयो ।
जनताको लागि मालिक नभएर सेवक हुने प्रतिबद्धता जाहेर गर्दै जनताले विजय गराएमा अरूभन्दा नयाँ काम गर्ने बताउनुभयो ।
‘चमेली‘ ‘बनकी चरी ‘मायालुको सम्झना ”तिम्रो आखाँमा ”