गठबन्धन जहाँ जहाँ जान्छ त्यही पुक्दै, गठबन्धको धज्जी उडाउदै एमाले

सोमबार, २६ बैशाख २०७९

काठमाडौं – पछिल्लो समय नेकपा एमालेले गठबन्धन दलले चुनावी सभा गरेको ठाँउलाई पछ्याईरहेको छ । एमालेले आज पोखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् ।

एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागेको हो । बैशाख ३० नजिकिदै गर्दा गठबन्धन दल र अन्य दलहरुले छुट्टाछुट्टै आ-आफ्नो चुनावी  कार्यक्रमलाई तिब्र बनाइरहेका छन् । प्रमुख प्रतिपक्ष रहेक ओनेकपा एमालेले पनि चुनाबी कार्यक्रमलाई देशब्यापी रुपमा तिब्र पारिरहेको छ । अनौठो कुरा त के छ भने, जहाँ जहाँ गथाबान्धन चुनाबी कार्यक्रमकोलागी पुकेको छ त्यहाँ त्यहाँ  एमाले पुगेको छ र गगठबन्धनलाई काउन्टर गरिरहेको छ । संगै एकार्काको कटाक्ष पानी गरिरहेका छन् ।

सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।