भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै, विजयलाई यतिधेरै मतान्तरले पछि पारिन ?

मंगलबार, ३ जेष्ठ २०७९

काठमाडौँ – चितवनको   भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनतर्फका माओवादी केन्द्र उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छन्। १८ हजार ८८३ मत गणना हुँदा रेणुले ६ हजार ३१९ मत प्राप्त गरेकी छन्। एमालेका विजय सुवेदीले ६ हजार २०० प्राप्त गरेका छन्। दाहाल र सुवेदीबीच ११९ मतान्तर रहेको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ८१ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६९९ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले ५ हजार ८२ मत प्राप्त गरेकी छन्।