भरतपुरमा रेनुको चमत्कार, सुबेदीले भेट्ने नसक्ने गरि भारि मतले लिईन अग्रता
काठमाडौँ – भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तरण बढाएकी छन्। पछिल्लो मतपरिणामअनुसार दाहालले ७१५६ मत पाएकी छन्।
एमालेका उम्मेदवार विजय सुवेदीले ६८७४ मत ल्याएका छन्। दाहाल सुवेदीभन्दा २८२ मतले अघि छिन्।
त्यस्तै नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३४७५ मत ल्याएका छन्। पछिल्लो समय उनले मतान्तर घटाउँदै लगेका छन्।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८६७८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५६७२ मत पाएकी छन् ।