मौन अबधीमा ‘जादु’ देखाउन धनुषा पुकेका प्रचण्डलाई मतदाताले खुवाइदिए लोप्पा !!

बिहिबार, ५ जेष्ठ २०७९

काठमाडौँ – धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा कांग्रेस विजयी भएको छ ।

मेयरमा जसपाका दिनेश प्रसाद यादव ५ हजार ७४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुधिर कुमार गोइत ४ हजार १०५ मत ल्याएका छन् ।

माओवादीबाट उम्मेदवार बनेका निवर्तमान मेयर उदय बरबरिया यादव कांग्रेस उम्मेदवार भन्दा पनि कम ४ हजार ७७ मत ल्याएका छन् । जबकी उनको भोट माग्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आएका थिए ।

मौन अवधिको पूर्वसन्ध्यामा हेलिकप्टर लिएर शहिदनगर पुगेका माओवादी अध्यक्ष प्रचण्डले मेयरमा बरबरियालाई जिताउन मतदातासँग बिन्ती गरेका थिए । तर मतदाताले उनको बिन्ती नसुनेको मतपरिणामले देखाएको छ । मौन अबधीमा बबरियालाइ जिताउने उदेस्यले हेलिकप्टर चढेर धनुषाको सहिदनगर पुकेका प्रचण्डलाई अहिले आएको मतपरिणामले त्यहाका मतदाताले लोप्पा खुवाइदिएको भन्ने प्रस्ठ अनुमान लगाउन सकिन्छ ।

मेयर रहेका बेला जनताको आकांक्षा बमोजिम काम गर्न सकेका थिएनन् । त्यसैले उनलाई यो निर्वाचनमा जनता झट्का दिएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएकी छन् । उनी ४ हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाकी लक्ष्मीनिया कुमारी मण्डल ४ हजार ७९१ मत प्राप्त गरिन् ।