रुसले डोनबस क्षेत्रलाइ नर्क बनिदियो भन्दै, जेलेन्स्कीको भाबुक सम्बोधन
काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट युक्रेनको पूर्वी क्षेत्र डोनबसलाई नर्कमा परिणत गरिदिएको भन्दै बिहिवार एक कार्यक्रममा भाबुक सम्बोधन गरेका छन् । रुसले बमबारीबाट उक्त क्षेत्रलाई नर्क बनाएको जेलेन्स्कीले बताएका हुन् ।
युक्रेनको राजधानी किभलाई कब्जा गर्ने प्रयास असफल भएपछि रुसले डोनबसलाई ध्वस्त पारेको थियो । त्यस क्रममा रुसी सेनाले डोनबसका थप इलाकालाई ध्वस्त पारेको थियो ।
युक्रेनका पूर्वी क्षेत्र डोनबस र लुहान्स्कमा सक्रिय पृथकतावादीहरूलाई सघाउँदै रुसले गत फेब्रुअरीमा हमला गरेको थियो । साथै आफ्ना सैनिक त्यहाँ तैनाथ गरेको थियो । जवकि रुससँग जोडीएका ती क्षेत्रमा वर्षौंदेखि पृथकतावादी आन्दोलन जारी छ । र ती समूहलाई रुसले सहयोग पुग्ने गरी रुसले पृथक राज्यको रुपमा व्यवहार समेत गरेको हो ।
यसै सन्दर्भमा जेलेन्स्कीले गत बिहीबार आफ्नो सम्बोधनको क्रममा ती क्षेत्रलाई रुसले नर्क बनाएको टिप्पणी गरेका हुन् । कब्जा गर्नेहरूले थप बल प्रयोग गरिरहेका छन् । त्यो नर्क बनेको छ। जुन कुनै अतिशयोक्ति हैन, जेलेन्स्कीले आफ्नो सम्बोधनमा भनेका छन् ।
यस क्रममा उनले लुहान्स्क क्षेत्रको सेभरोडोनेस्क सहरमा रुसले गरेको अर्थहीन र क्रुर बमबारीमा १२ जना स्थानीय मारिएको पनि बताए । उनले भनेका छन्, मध्य युक्रेनको ओडेसा क्षेत्रस्थित सहरमा निरन्तर हमला भइरहेका छन्। डोनबास पूर्ण रूपमा नष्ट भएको छ।
यसैबीच युक्रेनका रक्षामन्त्रीले डोनबस क्षेत्रबाट भाग्न खोजिरहेका मानिसहरूलाई रुसी सेनाले रोक्ने काम गरेको पनि बताएका थिए।