केशव स्थापितलाई उछिन्दै अघि बढिन् सिर्जना, बालेनसँगको मतान्तर पनि घट्यो
काठमाडौँ – काठमाडौं महानगरपालिकाका जारी मतगणनामा पहिलो मतपरिणाम प्राप्त भएको छ । जसअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह (बालेन्द्र साह)ले आफ्नो अग्रता कायमै राखेका छन् ।
लामो समयदेखि दोश्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने तेश्रो स्थानमा पुगेका छन् । उनलाई नपाली कांग्रेसकी मेयरकी उम्मेदवा सिर्जना सिंहले उछिनेकी छन् ।
केशव स्थापितले जारी मतगणनामा अग्रता लिँदै आएकोमा शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार सिर्जनाले अग्रता लिएकी छन् ।
मेयरका उम्मेदवार स्थापितले १८ हजार ५४७ मत पाउँदा सिर्जनाले १८ हजार ५७१ मत पाएकी छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् ।
यसैगरी स्वतन्त्र उम्मेदवार शाहले ३४ हजार १३० मत पाएका छन्।