एमालेलाई चक्रब्युमा पार्ने मन्थरा र सकुनीहरु त यी पो रहेछन ? संसदमै खुलाए ओलीले नाम

बिहिबार, १२ जेष्ठ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रामायणको कथा सुनाएका छन् । बिहीबारको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री ओलीले रामायणको कथामा रामलाई षडयन्त्रपूर्वक बनबास पठाएजस्तै नेपालमा पनि धेरै मन्थरा र सकुनीहरु रहेको र तिनैका गठबन्धनात्मक चक्रब्युमा आफ्नो पार्टी परेको तर्फ पनि इंगित गरे ।

भारतको संसदमा अटलविहारी बाजपेयीमाथि अविश्वासको प्रस्ताव ल्याउँदा एकजना सांसदले बोलेको कुराको आफुले स्मरण गरेको भन्दै यहाँ पनि रामायणको उक्त कथा जस्तै ठ्याक्कै मिलेको बताए । उनले भने– ‘यति धेरै मन्थरा र सकुनीहरु षडयन्त्ररत छन् पासै फालेर ल्याएको होइन, यो सरकार र गठबन्धन रु त्यस्तो सरकारले ल्याएको कार्यक्रम त्यसैको प्रतिविम्ब जस्तो छ ।’